काठमाडौँ । देशभर मनसुनी वायुको सक्रिय प्रभावले भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यसैबीच रातभरीको वर्षाले मकवानपुरको पूर्वी राप्ती नदीमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले पूर्वी राप्ती नदीमा बाढी आउँदा चितवनको सौराहा आसपासको क्षेत्रमा डुबानको जोखिम बढेको जनाएको हो ।
असोज १८ विहान १ बजे
मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपास हुनेहरूले बिहान १० बजे सम्म उच्च सतर्कता अपनाउनुहोला।#SMSalert pic.twitter.com/5aHpg59Usr— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 1, 2021
मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेकोले सौराहामा डुबान पर्ने जोखिम रहेको छ । बाढीका कारण नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपासमा सतर्कता अपनाउन पनि बाढी सूचनाले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहॊस