नबिल बैंकले सुरु गर्यो नबिल दिगो बैंकिंग सेवा

काठमाडाै । नबिल बैंकले नबिल दिगो बैंकिंग सेवाको सुरुवात गरेको जानकारी दिएकाे छ । बैंकले आज एक भर्चुअल कार्यक्रमकाे आयाेजना गरेर साे सेवाको सुरुवात गरेको हो । बैंकले नबिल दिगो बैंकिंग अन्तर्गत नबिल किसान कर्जा तथा नबिल उद्यमशील कर्जाको पनि सुरुवात गरेको वताएकाे छ ।

यसका साथै बैंकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिभीटि) सँग पनि एमओयू सम्झौँता गरेको छ । बैंकका तर्फबाट बैंकका सिइओ अनिल केशरी शाह र सिटिभीटिका तर्फबाट सदस्य सचिव जित नारायण काफ्लेले साे सम्झाैता गरेका थिए ।

आयाेजित साे कार्यक्रममा स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउने, उत्पादनहरुलाई व्यवसायिक बनाउने र दिगो बैंकिंगको अभ्यासका लागि यस्तो बैंकिंग सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ । बैंकको नविल किसान कर्जामा १० लाखसम्म व्यक्तिगत कर्जा तथा २५ लाख सम्म फर्म दर्ता गरेका ग्राहकहरुले कर्जा पाउने भएका छन् । १५ लाखसम्म धितो नराखी उक्त कर्जा लिन सकिने बैंकले जनाएको छ । यस्तो कर्जा ग्राहकको प्रोजेक्ट तथा उद्देश्यहरु हेरेर मात्र प्रदान गरिने पनि बैंकले प्रष्ट पारेकाे छ । यस्ताे खाले कर्जाको अवधि १ वर्ष देखि ५ वर्षसम्म हुनेछ ।

नबिल उद्यमशील कर्जामा १० लाखदेखि १ करोड सम्म कर्जा पाइने भएकाे छ । यसको अवधि भने १ वर्ष देखि ८ वर्षसम्मकाे हुनेछ । यस कर्जाले उद्योमशील भइरहेका तथा नँया उद्योमीहरुलाई आकर्षण गर्ने विश्वास बैंकले लिएको छ ।

ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यवसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ । यी उत्पादनहरू देश व्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलाप अन्तर्गत केन्द्रित रहने पनि बैंकले जानकारी दिएकाे छ ।

आफ्ना दिगो प्राथमिकता तर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस समझौता मार्फत देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघूवित्त वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ ।

देशभर १ सय १९ वटा शाखा कार्यालय, १ सय ८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ । प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभव बैंक ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित रहेकाे समेत बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस