संसद् विघटनको मुद्दा : सरकारी पक्षबाट बहस सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइमा सरकारी पक्षबाट बहस सुरु भएको छ । आइतबार रिट निवेदन पक्षको बहस सकिएपछि आजदेखि सरकारी पक्षको बहस सुरु भएको हो ।

निवेदक पक्षका ३६ वकिलहरूले १२ घण्टा बहस गरेका थिए भने विपक्षीका लागि १५ घन्टाको समय निर्धारण गरिएको छ । प्रधानमन्‍त्री र राष्ट्रपतिका तर्फबाट वकिलहरूले बहस गर्नेछन् ।

महान्यायाधिवक्ता कार्यालयको तर्फबाट ११ जनाको नाम बहसका लागि सर्वोच्च अदालतमा पठाइएको छ। जस मध्ये असार १४ गते हुने बहसमा सबै भन्दा पहिले महान्यायाधिवक्ता रमेश वडालले बहसको सुरुवात गर्नेछन् । महान्यायाधिवक्ता वडालले ३ घण्टा समय लिएका छन् ।

सभामुखतर्फबाट बहस गर्न एक घण्टा निर्धारण गरिएको छ । विपक्षीका तर्फबाट बहस सकेपछि एमिकस क्यूरीबाट विज्ञ राय पेस हुनेछ । त्यसपछि निवेदनकका तर्फबाट प्रत्युत्तर वहसका लागि ४ घण्टा छुटाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री