काठमाडाैँ । बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जना संक्रमितको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको थियो ।
मृत्यु हुनेमा प्युठान झिमरुक गाउँपालिका-३ का ३८ वर्षीय पुरुष, दाङ घोराही उपमहानगरपालिका-११ का ६८ वर्षीय पुरुष र दैलेख आठबिस नगरपालिका-४ का ७३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै बाँकेमा ६७१ जना संक्रमितले ज्यान गुमाइरहेका छन् । जसमध्ये बाँकेका ३१० र बाहिरी जिल्लाका ३६१ जना रहेका छन् । पछिल्लो समय संक्रमितको संख्यामा कमी आएसँगै भेरी अस्पतालमा बिरामीको चाप घटेको छ ।
तपाईंको प्रतिकृया




