काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अद्यक्ष कमल थापाले संबिधानको धारा ७६ को उपधार ५ लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने संविधानको आशय हो ? भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संविधानको धारा ७६ को उपधारा ५ लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने बताएका छन् ।
उनले विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम रहेको भन्दै यस्तो नजिर कायम भएमा भविष्यमाअपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्- ‘विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ । त्यस अवस्थामा संविधानको धारा ७६(५) लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ । के संविधानको आशय त्यही हो ?\



