कांग्रेसमा क्रियाशील सदस्यताबारे उजुरी गर्न असार १७ सम्मको डेडलाइन

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न ६ जिल्लाको ९ निर्वाचन क्षेत्रबाट आएका क्रियाशील सदस्यका नामावली वेबसाइटमा प्रकाशन गरेको छ । नयाँ र नवीकरणतर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको हो ।

विज्ञप्ति जारी गर्दै कांग्रेसले क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका भोजपुर, धनषा-१, काभ्रे-१, रुकुम पश्चिम, प्युठान र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ (६ जिल्लाका) ९ निर्वाचन क्षेत्रको नयाँ र नवीकरणतर्फको नामावली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका उल्लिखित क्षेत्र र जिल्लाका नाममा उजुरी, गुनासा वा सुझाव भए यस समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना पठाउन भनिएको छ ।

दाबी विरोधको उजुरीका लागि असार १७ गतेसम्मको समय समितिले दिएको छ । विवाद समाधान समितिले ५० जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाइसकेको छ । २७ जिल्लाका सूचीकृत नाममा उजुरी र गुनासा दर्ता भएको समितिले जनाएको छ ।विवाद टुंगाउन पदाधिकारी बैठक
क्रियाशील सदस्यताबारे विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आज पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । क्रियाशील सदस्यता र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न दिउँसो २ बजे बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री