विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड नाघ्याे

काठमाडाैँ । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट १८ करोड ३ लाख ३४ हजार ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । युनिभर्सिटीका अनुसार अमेरिकामा ३ करोड ३६ लाख २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकापछि भारतमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । भारतमा हालसम्म ३ करोड १ लाख ३४ हजार ४४५ जना संक्रमित भएका छन् । यसै गरी ब्राजिलमा १ करोड ८३ लाख २२ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ ।

फ्रान्समा ५८ लाख २८ हजार २६४, टर्कीमा ५३ लाख ९८ हजार ८७८, रुसमा ५३ लाख ४६ हजार ५, ४७ लाख १५ हजार ९९०, अर्जेन्टिनामा ४३ लाख ७४ हजार ५८७ र इटालीमा ४२ लाख ५६ हजार ४५१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री