देशका विभिन्न भू-भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडाैँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अहिले बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा र बागमती प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ।  महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश साथै प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित भारी वर्षाको सम्भावना छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षासम्मको सम्भावना छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री