काठमाडाैँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा र लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार भोलि र पर्सी पनि देशका अधिकांश भू–भागमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना छ ।




