काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा १४२२ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ५३ हजार २५६ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ८८ हजार १३५ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख ३५ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५३ हजार संक्रमित भएका छन् भने ७८ हजार १९० संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८८ लाख ४४ हजार १९९ संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ७ लाख २ हजार ८८७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ३९ करोड २४ लाख ७ हजार ७८२ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १३ लाख ८८ हजार ६९९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल २८ करोड ३६ हजार ८९८ जनाले कोरोनाको खोप लगाएका छन् ।




