आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ

मोरङ।आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका-६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनी डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाइ ठगी गरेको पाइएपछि प्रहरी उनीहरूलाई रतुवामाई नगरपालिका-१० माईवेनी मिलबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये दधिरामको साथबाट नगद २५ हजार ९ सय ९५ रूपैयाँ र पुष्प प्रसादको साथबाट नगद ७ हजार रूपैयाँ गरी जम्मा ३२ हजार ९ सय ९५ रूपैयाँ प्रहरीले बरामद गरेको छ ।

साथै उनीहरूको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, १ थान जनमत साप्ताहिकको सम्वाददाता परिचयपत्र, १ थान बराह साप्ताहिकको सम्वाददाता परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप