आई सी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने सुविधा

काठमाडाै ।एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको I Serve डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत I Serve भित्र रहेको Card Serveic  मा ट्याप गरी ‘Debit Card Replacement  ’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहकले ‘Debit Card Replacement ’ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहक महानुभावले प्राप्त गर्नुभएको इत्ए राखेर भेरिफिकेसन गर्नुपर्छ । सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्छ ।

आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउँनेछ ।

यस अनलाईन सुविधाले ग्राहकहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दुरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप