भारतका चर्चित एथलेट मिल्खा सिंहको कोरोना संक्रमणबाट निधन

काठमाडौँ । भारतका चर्चित एथलेट मिल्खा सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ । ९१ बर्षका मिल्खा सिंहको भारतको चण्डीगढस्थित पीजीआइएमआरमा उपचारको क्रममा निधन भएको भारतीय समाचार एजेन्सी एएनआइले जानकारी दिएको छ ।

उनको गएराती ११ बजेर ३० मिनेट जादा निधन भएको थियो । उनी जुनदेखि ३ मा आइसीयुमा भर्ना भएर उपचारत थिए भने उनलाई मे २० मा कोरोना संक्रमण पुष्टि भएको थियो । केहि दिनअघि मात्र उनकी पत्नीको पनि कोरोना संक्रमणबाट निधन भएको थियो ।

मिल्खा सिंहलाई फ्लाइङ सिखको नामले चिनिन्थ्यो । उनले ४०० मित्र दौडमा एशियाइ र कमनवेल्थ खेलमा गोल्ड मेडल जितेका थिए । भारतमा मिल्खा सिंहको क्यारियरको बारेमा फिल्म समेत बनाइएको छ । उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीले दुख व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस