बाख्रा चराउन गएका दुई बालबालिका पहिरोमा पुरिए

काठमाडाैँ । पहिरोमा पुरिएर डोटीमा दुईजना बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बेला पहिरोले परिएर जिल्लाको दीपायल सिलगढी नगरपालिका-५ का ७ वर्षीय विनोद भण्डारी र ११ वर्षीया जेनिषा विष्टको मृत्यु भएको हो ।

पानी परेपछि ओत लाग्न ओडारमा बसिरहेको बेला माथिबाट पहिरो आउँदा उनीहरुको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । पहिरोमा पुरिएको थाहा भएपछि नेपाल प्रहरी र स्थानीयले पहिरो पन्छाउँदा उनीहरु मृत फेला परेका हुन् ।

बुधबार मात्रै जिल्लाको केआइ सिंह गाउँपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परी ज्यान गएको थियो । सुदूरपश्चिममा आइतबारदेखि लगातार वर्षा भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री