काठमाडाैँ । वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।
बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल बगाएको छ । प्राविधिक निरीक्षणका लागि आयोजनाको सुरूङ मंगलबार बिहान ११ बजेदेखि बन्द गरिएको थियो । सुरूङ समयमै बन्द गरिएकोले ठूलो दुर्घटनाबाट जोगिएको छ ।

तपाईंको प्रतिकृया




