काठमाडौं । ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । समाचारको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको भन्दै महासंघले विरोध जनाएको हो ।
महासंघ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।’
केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको घटनाका विषमाय प्रसारित सामग्रीलाई लिएर शाहीले पत्रकारलाई धम्की दिएका थिए ।

तपाईंको प्रतिकृया




