काठमाडाैँ । बर्दियामा थप निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि थप निषेधाज्ञा जारी गरेको हो । डिसिसिएमसीको निर्णयअनुसार असार ७ को मध्यरातसम्म निषेधाज्ञा जारी हुनेछ ।
खाद्यवस्तु, तरकारी, फलफुल, दुग्ध पदार्थ लगायतका अत्यावश्यकका पसल बिहान ७ बजेदेखि २ बजेसम्म खुल्नेछन् । बैंक तथा वित्तीय संस्था जनस्वास्थ्य मापदण्ड पालना गरी बिहान १० बजेदेखि २ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । औषधी तथा स्वास्थ्य सामग्री भने चौबीसै घण्टा उपलब्ध हुनेछ ।
तपाईंको प्रतिकृया




