मनाङ्गेसँग भेट गरेको स्वीकार्दै डा. भट्टराईले भने- जन्मजात कोही अपराधी हुँदैन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजीव गुरुङ ( दीपक मनाङे) लाई भेट गरेको स्वीकर गर्दै स्पष्टिकरण दिएका छन् । डा. भट्टराईले मनाङेलाई भेटेको तस्वीर सामाजिक सञ्जालमा सार्बजनिक भएपछि भएको टिका टिप्पणी बारे स्पष्ट गर्दै उनले जन्मजात कोहि मान्छे अपराधी नहुने बताएका छन् ।

उनले भनेका छन् :-

राजीव गुरुङ ( दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन् । यसलाई अन्यथा मान्नु हुन्न ।

मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो ।

मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिए- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्; अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेल सुधार निम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिए, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन ।

रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरुङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ …

प्रतिकृया दिनुहॊस