करेन्ट लागेर २ जनाको मृत्यु

झापा । झापामा  छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर  घाईते भएकी  उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भएको छ ।
त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका -४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागि लैजानै क्रममा बाटैमा मृत्यु भएको  प्रहरीले  जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप