सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन ।

बैंक सञ्चालक समितिको बसेको बैठकले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो।

सुनिल कुमार पोखरेल

सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पाेखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् ।

उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामाे समयसम्म काम गरेकाे अनुभव तथा कार्यकाैशलता छ ।

उनले करिब २० वर्ष  स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआइसी एसिया बैंकमा ५ वर्ष  र  नबिल बैंकमा  एक वर्ष काम गरेकाे अनुभव छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप