एनएमबि बैंकको विद्युतीय सवारीलाई ८० प्रतिशत कर्जा योजना

काठमाडौं। स्वच्छ सफा र हराभरा वातावरप्रति प्रतिबद्धता देखाउँदै एनएमबि बैंकले विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना ल्याएको छ। विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशत सम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधी, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काठमाडौं बाइक स्टेशन पानी पोखरी, साइकल ल्याण्ड, काठमाडौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरीद गर्न सक्ने बैंकले जनाएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप