काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३ हजार ३८० जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख २० हजार ५२९ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार ८२ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख ९४ हजार ८७९ पुगेको छ । कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख २० हजार संक्रमित भएका छन् भने १ लाख ९७ हजार संक्रमण मुक्त भएका छन् । त्यस्तै भारतमा अहिलेसम्म २ करोड ६७ लाख ९५ हजार ५४९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १५ लाख ५५ हजार २४८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३६ करोड ११ लाख ७४ हजार १४२ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २० लाख ८४ हजार ४२१ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल २२ करोड ७८ लाख ६० हजार ३१७ जनाले कोरोनाको खोप लगाएका छन् ।




