काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोनाबाट निधन भएको छ । थापाको मंगलबार बिहान ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो ।
कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए ।
थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए ।
थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए ।
पोखरामा जन्मिएका थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।
तपाईंको प्रतिकृया




