आजको मौसमः यी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको चक्रवात वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग सम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान हाल प्रदेश १ मा सामान्य बदली र देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भू–भागक एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का केही स्थानहरु र बाँकी प्रदेशमा एक, दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री