काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाको पुनःस्थापनाबारे पुनर्विचार गर्नका लागि आग्रह गरेका छन् । गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले राजसंस्थाको पुनःस्थापनाका लागि पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष थापाले राजसंस्था हटाएर देश र जनता बलियो नभएको तर्क गरे । बरू भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको थापाको भनाइ छ । गणतन्त्रले जनताका लागि ठूलो उपलब्धी नदिएको भन्दै थापाले राजसंस्थाको विषयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
जेठ १५गते-
१३बर्षअघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ।राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ— Kamal Thapa (@KTnepal) May 29, 2021




