काठमाडौं ।सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ ।
बिहिबार साझँ ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले र स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो ।
उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ।
तपाईंको प्रतिकृया




