संस्थापक प्रदेश प्रमुख मोहनराज मल्लको निधन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोभिड १९ संक्रमण भई उपचाररत मल्लका बिहान निधन भएको हो ।

मल्लको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको उनका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । मल्ल नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख भएका थिए । कैलालीका पुराना राजनीतिज्ञका रुपमा चिनिँदै आएका मल्ल विसं. २०३७ देखि २०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए ।

पञ्चायत र पछिका दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समेत राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा चुनावअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका श्रीमती, एक छोरा र एक छोरी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस