रिलायबल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौँ ।    रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्तावका लागि साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ४ गते शुक्रबार दिनको १ बजे साधारण सभा बोलाएको हो । कम्पनीको सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन प्रस्ताव सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।

यस्तै, सभामा संचालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७६र७७ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन् ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गर्दैछ । हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

क्रेष्ट माइक्रो लाइफको बिक्री प्रबन्धमा एनआइएमबि

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस …

प्रतिकृया दिनुहॊस