झापा । लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
झापा गौरीगंज गाऊपालिका २ लालमाटी स्थितमा मंगलबार बेलुका ५ बजे लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ बर्षीय कमल दाहाल रहेका छन् ।
उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 -२८ ट्याब्लेट र Nitravet -३० ट्याब्लेट फेला पारेको हो ।
तपाईंको प्रतिकृया



