ताउ-ते कमजोर: कस्तो रहला आजको मौसम ?

काठमाडाैँ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । देशका केही स्थानहरुमा राति वर्षा समेत भएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा सामान्यतया मौसम सफा रहने छ । प्रदेश १ र प्रदेश २ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि जेठ ८ गते शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ९ गते आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र कर्णालीमा आंशिक बदली रही बाँकी प्रदेशका मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम, बागमती, प्रदेश र प्रदेश १ का एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात, वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री