मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

मोरङ ।मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

नम्बर नखुलेको सवारी साधनले स्कोरपिओलाई ठक्कर दिँदा मोरङको पथरीशनिश्चरेमा भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिरामी आफन्तलाई हेर्नका लागि मोरङको कानेपोखरी आउने क्रममा बुधबार राति १२ बजेतिर भएको दुर्घटनामा स्कोरपिओमा सवार अरु तीन जना घाइते भएका छन् ।

बिरामी आफन्तलाई हेर्न आएका पाँच जना सवार रहेको मे १ च १८५१ नम्बरको स्कोरपिओ गाडी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा दुर्घटनामा परेको हो ।

 दुर्घटनामा परि  झापाको झापा गाउँपालिका‍-५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका-३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री