काठमाडौं । बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा बाँकेमा मृत्यु हुनेमा १० जना पुगेको हो ।
मृतक मध्ये ४ जना बाँके, ४ जना बर्दिया, १ जना दाङ र १ जना कैलालीका रहेका छन् ।
भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे, जानकी गाउँपालिका-३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८:४५ बजे र राप्तिसोनारी गाउँपालिका-६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १: २० बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे, गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे र बढैयाताल गाउँपालिका-५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९:५५ बजे मृत्यु भएको छ।
भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका-३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका-४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान मृत्यु भएको छ ।