कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

रुपन्देही  । कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ ।

गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ ।

त्यस्तै,लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ-६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल-१३ का ५२ वर्षीय पुरुष , बुटवल-७ का ६० वर्षीय पुरुष,रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री