कोभिडका कारण उपमेयरको निधन

काठमाडाैँ । कोरोना भाइरस संक्रमणबाट सप्तरीकाे सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ । सप्तरीमा सोमबारयता चौधरीसहित आठ जनाको ज्यान गएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् ।

सप्तकोशी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवती समेत थिइन् । नोबेलमै उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री