चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं ।  चौधरी  फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको  छ ।

कोभिड-१९ को दोस्रो लहरबाट अक्सिजन र आइसीयू वार्ड अभाव भइरहेका बेला फाउन्डेसनले यो घोषणा गरेको हो।

केही दिनमै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान(नाम्स) र फाउन्डेसनबीच सम्झौता हुने विज्ञप्तिमा जनाइएको छ।

वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आइसीयू र नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना हुने फाउन्डेसनले जनाएको छ।

यस्तै फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णालीको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने पनि जनाएको छ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ। जसबाट एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ।

आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान फाउन्डेसनको छ।

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस