ब्राउनसुगर सहित झापाबाट तीन जना पक्राउ

झापा। झापाको झापा गाँउपालिका-२ बाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर ) सहित तीन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् ।

पैदल हिडिरहेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन (ब्राउनसुगर), ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारि बरामद गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस