“सहकारीमा संकलन भएको पुँजी मुलुकको आर्थिक विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,”

काठमाडौं ।  “सहकारीमा संकलन भएको पुँजी मुलुकको आर्थिक विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,” नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको ‘साकोस शिखर गोष्ठी–२०७५’ लाई सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर  पोखरेलले भने, “लगानी गर्न कुनै पुराना नीति, कानुन, संरचना र अभ्यासले अप्ठेरो पारेको भए भन्नुहोस्, सहयोग गर्न सरकार तयार छ ।

बिहीबार साकोस अभियानको उपलब्धि, एकरुपता प्रणाली र कार्यदिशा, साकोस सञ्चालनमा स्तरीकरण, ब्रान्ड निर्माण र व्यवस्थापन, वित्तिय सहकारीहरुमा जोखिम सुपरिवेक्षण, आन्तरिक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास, समावेशी आर्थिक विकास, वित्तिय शिक्षा पहुँच अभिवृद्धि  र विद्यमान नयाँ सहकारी ऐन, सहकारीको प्रवद्र्धन नियमन र क्षमता विकासमा तहगत व्यवस्था विषयक कार्यपत्र प्रस्तुत् भएका थिए । शुक्रबारसम्म चल्ने गोष्ठीमा विभिन्न जिल्ला र एसियाका विभिन्न मुलुकका सहकारीका अग्रजसहित करिब ६ सय जना सहभागी छन् ।नेफ्स्कूनले हरेक तीन÷तीन वर्षमा साकोस शिखर गोष्ठी गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कर्जा भुक्तानी सहज बनाउन एमएचपीएलले ल्यायो मोबाइल एप

काठमाडौं । एमएडब्लू हायर पर्चेजले ‘एमएचपीएल एप’ सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको …

प्रतिकृया दिनुहॊस