पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै पत्रकार महासंघ र प्रेस युनियनको आपत्ती

काठमाडौं। सांसद नविना लामाबारे प्रकाशित समाचारको बारेमा हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलार्इ धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ ।अाज पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती सार्वजनिक गर्दै समाचारको विषयमा  अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समूहले साे अनलार्इनमा कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको उल्लेख गरिएकाे छ ।

समाचार कक्षमा कार्यरत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएको भन्दै महासंघले आपत्ति जनाएकाे छ । महासंघले अध्यक्ष एव‌ं सांसद लामाले पठाएको खण्डन प्रकाशित गरिसकेपछि पनि कार्यालयमा समूह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको जनाएको छ।

उता नेपाल प्रेस  युनियनका अध्यक्ष वद्री सिग्देलद्वारा जारी विज्ञप्तीमा समाचार सम्बन्धी विषयमा चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिइ उपचार खोज्ने पर्ने भन्दै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय कार्य भएकाे उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री