काठमाडौं । आज, आइतबार ७ हजार ३ सय ६८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा संक्रमण भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ५ हजार १ जनाको मृत्यु भएको छ ।नेपालमा अहिले सक्रिय संक्रमित १ लाख १० हजार २६३ जना रहेको छ।
तपाईंको प्रतिकृया




