युवा पत्रकार कार्कीको कोरोनाबाट मृत्यु

काठमाडौँ । काठमाडौँबाट विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ। गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार काेराेनाकाे भइरहेको थियो ।  वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यसको केही दिनमै उनलाई भेन्टिलेटरमा राखेर समेत उपचार गरिएकाे थियाे ।

च्यानल नेपाल टेलिभिजनमा केही समय काम गरेका कार्की पछिल्लो समय जनताटाइम्स डटकमका सम्पादक थिए। उनले सौर्य दैनिकमा पनि सहसम्पादकका रुपमा काम गरेका थिए । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको मृत्यु भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा हेटौंडाका व्यावसायी मुडभरीको मृत्यु

काठमाडौं । मकवानपुरमा रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा गए राति एक व्यावसायीको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after