हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन बैंक  र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार (आज)शुक्रबारदेखि रोक्का भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो ।

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको हो।

हिमालयन र इन्भेष्टमेन्टबीच हिजो बिहीबार मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। यी दुवै बैंक आपसमा बराबर सेयर स्वाप अनुपातमा गाभिने सम्झौता भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री