सेञ्चुरी बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ओम हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले १० प्रतिशतसम्म प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलेजी तथा अन्य जाँचमा छुट पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री