काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस (कोभिड १९) को रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले सरकारलाई साे मात्राकाे सहयाेग हस्तान्तरण गरेकाे हाे ।
बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।
तपाईंको प्रतिकृया




