ओखलढुंगामा घाँस काट्न जाँदा लडेर एकको मृत्यु

ओखलढुंगा। ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ ।
मंगलबार बिहान  घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर सम्म पनि घर फर्कि नआए पछि  परिवारले खोजतालस गर्दै जाँदा बाटो देखि करिब  २५ मिटर तर लडेर  घाईते अबस्थामा फेला पारेका थिए । घाईतेलाई  उपचारको लागी लैजाने तयारी गर्दै गर्दा बाटोमैं मृत्यु भएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप