उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा,थप कडाई गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा बैशाख ( भोलि)२९ गते सकिँदैछ । बैशाख २९ पछि पनि अब थप १५ दिन निषेधाज्ञा कायम रहने छ।

बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने भनिएको छ ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा  बढि सहभागी हुन पाईने छैन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक …

प्रतिकृया दिनुहॊस