काठमाडाैँ ।नागरिकलाई प्रविधिमैत्री सेवा दिन सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्रै थप ८० वटा नयाँ सेवा थप हुने भएका छन्। प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी नागरिक एप बाट गर्न लागिएको बताए। शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बनाए
केही समयमै बागमती प्रदेशअन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिँदै अलीले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एपमार्फत उपलब्ध गराउन लागेको पनि बताए। त्यस्तै विद्यार्थीको सुविधाका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्व विद्यालय पनि यस एपमा चांडै नै जोडिन लागेको अलीले जानकारी गराए।
प्रतिकृया दिनुहॊस