खिमलाल देवकोटा र रामबहादुर थापा । फाइल फोटो

उपनिर्वाचनको मनोनयन आज: बादल बन्लान् उम्मेदवार ?

काठमाडौँ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त १ सिटमा हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको हो ।

निर्वाचन प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ११ अनुसार उम्मेदवार बन्न संघीय कानूनले अयोग्य नभएको तथा लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।

यसैबीच नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति यसअघि विपक्षी दलहरुबीच भएको थियो । देवकोटालाई एमालेको माधव नेपाल समूहको समेत समर्थन रहेको बताइन्छ ।

एमालेले टुंग्याएन उम्मेदवार
सत्तारुढ नेकपा एमालेले उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन । एमालेले माओवादी केन्द्रबाट आफ्नो पार्टीमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई नै पुनः उम्मेदवार बनाउने चर्चा छ । तर स्वयं बादल भने निर्वाचनमा पराजित हुने भए उम्मेदवार बन्न अनिच्छुक देखिएको स्रोत बताउँछ ।

उम्मेदवारको टुंगो लगाउन एमालेको स्थायी कमिटी बैठक बस्दैछ । उम्मेदवारको टुंगो लगाउनुअघि एमालेका दुवै समूहका नेताहरु पार्टीलाई एक ढिक्का बनाउने विषयमा छलफलमा जुटेका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस