फाइल फोटो

उपत्यकामा निषेधाज्ञा: उल्लंघन गर्नेलाई १०० रुपैयाँ जरिवाना

काठमाडाैँ । दोश्रो चरणको निषेधाज्ञा सुरु भएसँगै काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको हो ।

बिहीबारदेखि नै निषेधाज्ञा उल्लंघन गर्नेहरु माथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना लिन सुरु गरिएको हो । संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए ।

एसपी बस्नेतका अनुसार, बिहीबार काठमाडौं उपत्यकामा मात्रै निषेधाज्ञा उल्लंघन गर्ने १ सय जनाभन्दा बढीलाई जनही १ सय रुपैयाँका दरले जरिवाना गरिएको छ । त्यसैगरी, ६ सय ४९ जना पुरुष र २ सय २३ जना महिलालाई होल्डिङमा राखिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने २ सय ७० चार पाङ्ग्रे सवारीसाधन र ६ सय ९८ दुई पाङ्ग्रे सवारीसाधनलाई पनि होल्डिङमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए । प्रहरीले १६ गतेदेखि २३ गतेसम्म निषेधाज्ञा उलंघन गर्ने ७ हजार ६४ पुरुष र २ हजार ९ सय ३८ जना महिला तथा ४ हजार २ सय ३१ चार पाङ्ग्रे सवारीसाधनलाई होल्डिङमा राखिएको जनाएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको गत मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गर्दै २९ गते सम्मका लागि लम्ब्याएको थियो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि बैठकले निषेधाज्ञाको समय बढाएको थियो ।

निषेधाज्ञामा उल्लंघन गर्ने क्रम बढेपछि दोश्रो चरणको निषेधाज्ञा सुरु भएकै दिन बिहीबारदेखि त्यस्ता व्यक्तिबाट जरिवाना लिन सुरु गरिएको हो । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गर्दै गर्दा निषेधाज्ञा उल्लंघन हुने क्रम पनि नरोकिएपछि जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस