मुक्तिनाथ विकास बैंकद्वारा खानेपानी उपभोक्ता समितिलाई आर्थिक सहयोग

काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ।

यो  संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ।

यस सहयोगबाट सोही संस्थाले जनजीवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउनजस्ता उद्देश्यले हाल व्यास–४ जुडिपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप