कर्णालीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत ।  कर्णाली प्रदेशमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा २ जना र दैलेखमा एकजनाको मृत्यु भएको  छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका-४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका-१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ भने दैलेखको नारायण नगरपालिका-१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप